टोकियो पारालम्पिक २०२० मा पलेशा गोवर्धन रिपेजको सेमिफाइनलमा

टोकियो पारालम्पिक २०२० मा पलेशा गोवर्धन रिपेजको सेमिफाइनलमा

१८ भदौ, काठमाडौं । नेपालबाट सहभागी एक खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन जापानमा जारी टोकियो पारालम्पिक २०२० मा रिपेजतर्फ सेमिफाइनलमा पुगेकी छन् । पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशाले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गरिन् । स्वर्ण र रजतको होडबाट बाहिरिसकेकी पलेशाले अब रिपेज सेमिफाइनलमा सर्वियनकी मारिजा मिसेभसँग प्रतिस्पर्धा गर्नेछन् ।

 

- १८ भाद्र २०७८, शुक्रबार १५:२२ मा प्रकाशित