थप १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २१ को मृत्यु

थप १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २१ को मृत्यु

२२ भदौ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार १११ जनाको पीसीआर परीक्षणमा१ हजार ४२३ र ३ हजार ९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

- २२ भाद्र २०७८, मंगलवार १६:३१ मा प्रकाशित