थप १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २१ जनाको मृत्यु

थप १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २१ जनाको मृत्यु

२५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ९६१ र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

- २५ भाद्र २०७८, शुक्रबार १६:१५ मा प्रकाशित