सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

२८ भदौ, काठमाडौं । आज सुनको मूल्य बढेको छ । छापावाला सुन प्रतितोलामा ३०० रूपैयाँ बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

- २८ भाद्र २०७८, सोमबार ११:३५ मा प्रकाशित