डडेलधुरामा पुनः वडा अधिवेशनको गर्न माग

डडेलधुरामा पुनः वडा अधिवेशनको गर्न माग

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले डडेलधुरामा पुनः वडा अधिवेशन गर्न माग गरेको छ । पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने बताएको छ ।

‘जुन किसिमको भयो भनिएको छ, त्यसलाई स्वीकार गर्न तयार छैन’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘महाधिवेशन निष्पक्ष हुन्छ भनेर सभापतिले डडेलधुराबाटै विश्वास दिलाउनुपर्छ ।’

- २८ भाद्र २०७८, सोमबार १६:४७ मा प्रकाशित