१६ वर्षीया सुस्मिता ऋषिदेव एक दिनका लागि अध्यक्ष बनिन्

१६ वर्षीया सुस्मिता ऋषिदेव एक दिनका लागि अध्यक्ष बनिन्

२९ भदौ, विराटनगर । मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

 

- २९ भाद्र २०७८, मंगलवार १४:१९ मा प्रकाशित