नेप्से परिसूचसँगै कारोबार रकम पनि घट्यो

नेप्से परिसूचसँगै कारोबार रकम पनि घट्यो

२९ भदौ, काठमाडौं । सोमबारको तुलनामा मंगलबार करिब ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

यस अघि सोमबार अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँको शेयर कारोबार भएको थियो । दिनभर भएका ५९ हजार ८ सय ५४ कारोबारबाट १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको शेयर कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको शेयर बजार सोमबार ३ अंकले मात्रै सुधार भएको थियो । मंगलबार भने दोहोरो अंकले घटेको छ । १८ दशमलव ५४ अंकले घटेर नेप्से परिसूचक २ हजार ९ सय २९ दशमलव २८ अंकमा झरेको छ ।

 

- २९ भाद्र २०७८, मंगलवार १५:३६ मा प्रकाशित