सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी रोज्न पाउने

२९ भदौ, काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउने भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुबेदीको सँयुक्त इजलासले पाण्डे र भट्टको माग बमोजिम अन्तरिम आदेश दिएको छ ।

पाण्डे र भट्टले आफूले नेकपा (एकीकृत समाजवादी) रोज्न पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गर्नुअघि नै भदौ ८ मै निर्वाचन आयोगमा निवेदन दिइसकेको भन्दै उनीहरुको नाम सनाखतमा समावेश नगराउनु मनासिव नदेखिएको सर्वोच्चले व्याख्या गरेको छ ।

- २९ भाद्र २०७८, मंगलवार १६:१७ मा प्रकाशित