जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Bichar Desk 4
समाचार
जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२९ भदौ, जाजरकोट । जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नम्बर को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

- २९ भाद्र २०७८, मंगलवार १६:३८ मा प्रकाशित