पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १२ जनाको मृत्यु

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ भने ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

 

- १२ आश्विन २०७८, मंगलवार १६:५४ मा प्रकाशित