ईपीएलमामा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित विराटनगरको

ईपीएलमामा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित विराटनगरको

१७ असोज, काठमाडौं । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएलमा)मा काठमाडौं किंग्स-११ लाई ७ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ वीकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो ।

पूरै ८ ओभर खेल्दा काठमाडौंले ३ विक्ट गुमाएर ९७ रनमात्रै बनाएपछि विराटनगर ७ रनले विजयी भएको हो । विराटनगरको जितका लागि अनिल शाहले १६ बल खेल्दै सर्वाधिक ४५ रनको योगदान गरे । यस्तै रायन पठानले ३०, कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनालले ५, सिकन्दर राज्जाले ४, आशिफ शेखले २ र डिलसशनले एक रन जोडे । काठमाडौंका रहमानुल्हा गुर्बाजले सर्वाधिक २८, सुवास खकुरेलले २६, राजु रिजालले २४, रायन बुर्लले १५ रन बनाए भने असन परियन्जनले शून्य रनमै आउट भए । बलिङतर्फ विराटनगरका रायन पठानले २ र प्रतिश जिसीले एक विकेट लिए ।

- १७ आश्विन २०७८, आईतवार १३:५६ मा प्रकाशित