नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

१२ कात्तिक, काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे । राजुले खेलको छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । विकर्णले १६औं र हरीले ४९ औं मिनेटमा गोल गरे । आर्मीका हरी महतो खेलको म्यान अफ द म्याच घोषित भए ।

- १२ कार्तिक २०७८, शुक्रबार १२:१५ मा प्रकाशित