१६ सय रुपैयाँले घट्यो सुनको मूल्य

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य

७ मंसिर, काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको छ ।

 

- ७ मंसिर २०७८, मंगलवार १२:०८ मा प्रकाशित