नेप्से परिसूचक १.८२ अंकले बढ्यो

नेप्से परिसूचक १.८२ अंकले बढ्यो

८ मंसिर, काठमाडौँ । बजार मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंक पुगेको छ । यस्तै सेन्सेटिभ सूचकमा भने गिरावट आएको छ । सेन्सेटिभ सूचक ०.२८ अंकले घटेर ५१५.२० अंकमा झरेको छ ।

बुधबार २२७ कम्पनीका ७४,४५,२२७ कित्ता शेयर किनबेच हुँदा ४,२१,७४,१५,३३७ रुपैयाँको कारोबार भएको छ । बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहमा गिरावट आएको छ भने १० उपसमूहमा सामान्य वृद्धि भएको छ । बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्योरेन्स समूहले गुमाएका छन् ।

 

- ८ मंसिर २०७८, बुधबार १५:४५ मा प्रकाशित