नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी

Bichar Desk 4
समाचार
नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी

८ मंसिर, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् ।

टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म हुने महासभामा प्रहरी महानिरीक्षक क्षेत्री बुधबार सहभागी भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षक क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् ।

 

- ८ मंसिर २०७८, बुधबार १६:३६ मा प्रकाशित