पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।

 

- ८ पुष २०७८, बिहीबार १६:०८ मा प्रकाशित