पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, २ जनाको मृत्यु

११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यृ भएको छ । यस्तै २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

- ११ पुष २०७८, आईतवार १६:२४ मा प्रकाशित