पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २०९ जना संक्रमणमुक्त भएका छन् ।

 

- १८ पुष २०७८, आईतवार १६:४६ मा प्रकाशित