
२० पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् ।
- २० पुष २०७८, मंगलवार १५:५४ मा प्रकाशित