पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २ जनाको मृत्यु

२८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

 

- २८ पुष २०७८, बुधबार १६:५५ मा प्रकाशित