सुत्केरी हुन नसकेपछि महिलाको हेलिकोप्टरमार्फत उद्धार

Bichar Desk 4
समाचार
सुत्केरी हुन नसकेपछि महिलाको हेलिकोप्टरमार्फत उद्धार

२९ पुस, काठमाडौं । संखुवासभा भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धर गरिएको छ । बुधबार हेलिकप्टरमार्फत उद्धार गरी काडमाडौँको थापाथलीस्थित २८ बर्षीया चिप्प याङ्जमलाई प्रसूति गृह पठाइएको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो । उनको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको प्रजिअ खतिवडाले जानकारी दिए ।

- २९ पुष २०७८, बिहीबार १५:११ मा प्रकाशित