नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढ्यो

नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढ्यो

२९ पुस, काठमाडौं । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ ।

शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका १ करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

 

- २९ पुष २०७८, बिहीबार १५:३८ मा प्रकाशित