स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै

स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै

३० पुस, काठमाडौं । स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँछन् । बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

- ३० पुष २०७८, शुक्रबार १२:१२ मा प्रकाशित