२०० रुपैयाँले बढ्यो सुनको मूल्य

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

३० पुस, काठमाडौँ । शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

- ३० पुष २०७८, शुक्रबार १२:३५ मा प्रकाशित