
१४ वैशाख, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।
कार्यलयले सूचना जारी गर्दै डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, एग्रिकल्चर (प्लान्ट साइन्स, एग्रिकल्चर (एनिमल साइन्स) तथा सोसियल वक्र्स कार्यक्रम प्रथम वर्ष प्रथम खण्ड नियमित तथा आंशिक विद्यार्थीका लागि आवेदन खुला गरेको जनाएको छ । आवेदन वैशाख २८ गतेभित्र नियमित शुल्क र जेठ ४ गतेसम्म विलम्ब शुल्क तिरेर फाराम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । कार्यलयले परीक्षा जेठ महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी बुझाउन अनुरोध गरेको छ ।
- १४ बैशाख २०७९, बुधबार १३:२६ मा प्रकाशित