जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ब्याटिङ

जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ब्याटिङ

२३ वैशाख, काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा नेपालले ब्याटिङ गरेको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले १८.१ ओभर हुँदा ७ विकेट गुमाएर ८४ रन बनाएको छ ।

कुनै पनि खेलाडीले व्यक्तिगत २० रन बनाउन सकेका छैनन् । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाएर आउट भए । पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे । आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए ।

 

- २३ बैशाख २०७९, शुक्रबार ११:३५ मा प्रकाशित