
२९ वैशाख, काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ । अब मंगलबार मात्र बजार खुल्ने छ । सरकारले साताको दुई दिन विदा दिएपछि अब आइतबार समेत बजार खुल्ने छैन । सोमबार सार्वजनिक बिदा परेका कारण बजार मंगलबार मात्र खुल्ने भएको हो ।
बिहीबार कुल २२८ कम्पनीको कारोबार भएको थियो । यस दिन कुल ४० हजार २३ वटा कारोबारबाट ५२ लाख २७ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँको कारोबार भएको छ । बिहीबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर २४४८.६० रुपैयाँमा पुग्यो । तेह्रथुम पावर कम्पनीको मूल्य ६.२० प्रतिशतले बढेर ५१४ रुपैयाँमा कायम भएको छ ।
सूर्योदय वामी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । उक्त कम्पनीको मूल्य १२३६.१० रुपैयाँमा झरेको छ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको मूल्य ७.६३ प्रतिशतले घटेर ५६९ रुपैयाँमा घटेको छ । बिहीबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
- २९ बैशाख २०७९, बिहीबार १६:२५ मा प्रकाशित